नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष सिध्याउन सत्तापक्ष खुलेरै लागेको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले बैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनाव २०७९ को सबै स्थानहरुको मतपरिणाम नआएको र प्रतिपक्षलाई सिध्याउँछु भन्दै सत्तापक्षले चुनावमा धाँधली गरेको बताएका हुन् ।
अन्तराष्ट्रिय राजनीति जगतमा सत्तापक्षले कहिँ पनि प्रतिपक्षलाई सिध्याउनलाई लागिपरेर हिँडेको आफुले नदेखेको ओलीको भनाइ छ । ओलीले सत्तापक्षले प्रमुख प्रतिपक्षलाई सिध्याउने, धुलो चटाउने, पत्तासाफ गर्ने जस्ता कुरा गर्दै सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।
उनले चुनावका क्रममा विभिन्न ठाउँमा भएका हत्या हिंसाका घटनाहरुको फेहरिस्त पनि पेश गरे । साथै उनले प्रमुख प्रतिपक्षका कारणले कहिँ पनि चुनाव स्थगित नभएको दाबी गरे ।








