नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले स्वदेशमा युवा स्वरोजगार सिर्जना गर्न गाँजा खेतीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै उनले आफूले संसदमा दर्ता गरेको गाँजा खेतीलाई बैधानिक गर्नुपर्ने सम्बन्धी गैरसरकारी विधयेक अविलम्ब पारित गर्न समेत आग्रह गरेका छन् ।
“युवाहरुलाई हरियो पासपोर्ट बोकाएर बिदेश पठाउनुभन्दा हरियो गाँजाको बोट बोकाएर गाउँमा पठाऔँ ।” सांसद तामाङले भने, “यसो गर्दा कृषि तर्फ युवाको आकर्षण बढ्छ । देशको अर्थतन्त्रमा पनि टेवा पुग्छ ।”
उक्त विधयेक संसदमा दर्ता भएको लामो समय बितिसक्दा पनि सरकारले प्राथमिकतामा राखेर छलफलमा नल्याएकोमा उनले रोश प्रकट गरे । उनले भने, “कृषिमा युवाहरुलाई आकर्षित गर्न पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफल गरेर पारित गर्न जरुरी छ ।








