Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

खुलामञ्चमा बालेन शाहको धन्यवाद सभा


काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहको धन्यवाद सभा खुलामञ्चमा हुने भएको छ ।

शुक्रबार बिहान निर्वाचन कार्यालयले औपचारिक रुपमा बालेन शाह मेयरमा निर्वाचित भएको जानकारी दिएपछि धन्यवाद जुलुस काठमाडौंका विभिन्न नगरको परिक्रमा गर्दै खुलामञ्च पुग्नेछ ।
बालेन शाहका एक सहयोगीले दिएको जानकारी अनुसार धन्यवाद जुलुसका लागि बिहान ६ बजे राष्ट्रिय सभागृहमा जम्मा हुने र त्यसपछि भद्रकाली, माइतिघर, त्रिपुरेश्वर, शहिदगेट हुँदै जुलुस खुलामञ्चमा पुगेर सभामा परिणत हुनेछ । सभालाई बालेन शाहले सम्बोधन गर्नेछन् ।

बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खबर बिहिबार राती सार्वजनिक भएको थियो । बालेन शाह ६१७६७ मत ल्याउँदै महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । शाहका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याइन् भने नेकपा एमालेका केशव स्थापितले ३८११७ मत ल्याए ।

उपमेयरमा निर्वाचित एमालेकी सुनिता डंगोलले ६८६१२ मत ल्याइन् भने उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३८०६ मत ल्याए ।


प्रतिक्रिया दिनुहोस !
विचार