भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चढेको सवारी साधन दुर्घटनामा परेको छ ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै गाडीको टायर पञ्चर हुँदा गाडी अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ ।
घाइते भएकी दाहाललाई सुमेरु अस्पतालमा लगिएको थियो । अस्पतालमा उनको टाउकोमा टाँका लगाइएको प्रहरीले जानकारी दिएको छ ।








