सरकारले एक घण्टामै चितवन पुग्न सकिनेगरी द्रुत मार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै काठमाडौंबाट एक घन्टामै चितवन पुग्न सकिनेगरी द्रुत मार्ग निर्माण गरिने जानकारी दिएका हुन् ।
यसका लागि चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग निर्माण गरिने बजेटमा व्यवस्था गरिएको उनले बताए । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत उनले जानकारी दिए ।





