Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

अभिनेत्री मिरुना मगरविरुद्ध प्रदर्शन


कबड्डी ४ को प्रोमोसनमा अभिनेत्री मिरुना मगरले एक भिक्षुलाई दुर्व्यवहार गरेको भन्दै के एल टावरमा प्रदर्शन भएको छ ।

मंगलबार बिहान करिब १० बजेदेखी अभिनेत्री मगरविरुद्ध चाबेलको के एल टावरमा प्रदर्शन भएको हो । कबड्डी ४ को प्रोमोसनमा जाँदा अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले एक भिक्षुलाई पक्राउ गरेको थियो ।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङलाई झापड हानेकी थिइन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

वितरक मनोज राठीका अनुसार ‘कबड्डी ४’ ले शुक्रबार २ करोड ७० लाख, शनिबार ३ करोड १२ लाख र आइतबार २ करोड ६५ लाखको ग्रस कलेक्सन देशभरबाट गरेको छ । नेपाली हलमा कुनै पनि फिल्मले गरेको यो किर्तिमानी कलेक्सन हो ।


प्रतिक्रिया दिनुहोस !
विचार