काठमाडौँबाट भद्रपुरका लागि उडेको विमान काठमाडौँ फिर्ता भएको छ ।
आज बिहान काठमाडौँबाट १० बजेर ४३ मिनेटमा झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान टायरमा समस्या देखिएपछि ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता भएको हो ।
६९ जना यात्रु सवार रहेको विमान सकुशल अवतरण गरेको छ ।








