धनकुटाको परीचयमोड नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे.६ प १७५६ नम्बरको मोटरसाईकल कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका वडा नं. ६ परीचयमोड नजिकै अनियन्त्रित भई सडकको नालिमा लड्दा एक जनाको निधन भएको हो ।

निधन हुनेमा संखुवासभाको खादवारी नगरपालिका–१० घर भई हाल धनकुटा नगरपालिका–६ मा डेरागरी बस्दै आएका अन्दाजी २४ वर्षका पुरन राई रहेका छन् ।

मोटरसाइकल अनियन्त्रित भई लडेका राईलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको हो ।









