Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

प्रतिबद्धता पुरा गर्दै बालेन : हाेटलहरूकाे शाैचालय खुल्ला


काठमाडौँ महानगरपालिकाभित्रका केही होटल तथा रेष्टुरेन्टहरुले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुल्ला गर्न थालेका छन् ।

सोमबार काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकको आग्रह अनुसार होटल तथा रेष्टुरेन्टहरुले शौचालय सार्वजनिक रुपमा प्रयोगका लागि ल्याएका हुन् । काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका बालेन शाहले फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयलाई पहिलो प्राथमिकतामा राखेका थिए । सोही अनुसार बुधबारबाट होटल तथा रेष्टुरेन्टहरुका शौचालय सार्वजनिक प्रयोगमा आएका हुन् ।

होटल तथा रेष्टुरेन्टमा भएका शौचालयको प्रयोग गर्दा पैसा तिर्नुनपर्ने महानगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार