Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

मध्यरातमा काठमाडौंको फोहोर व्यवस्थापनबारे नयाँ सहमति, के छ १८ बुँदामा ?


काठमाडौं महानगरपालिकाको फोहोर उठाउँने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रभावित क्षेत्रका स्थानीयवासीबीच बिहिबार मध्यराती १८ बुँदे सहमति भएको छ ।

यसअघि जेठ २३ गते भएको सहमति स्थानीयले नमानेपछि नयाँ सहमति भएको हो । सहमति अनुसार फोहोर विसर्जनमा हुँदै आएको अवरोध शुक्रबारबाट हट्नेछ भने अबदेखि रातीको समयमा मात्रै फोहोर फालिनेछ । यस्तै स्थानीयको स्वास्थ्य, शिक्षा लगायतमा महानगरपालिकाले महानगरवासीलार्ई झैं सुविधा दिनेछ ।

नयाँ सहमतिपत्रमा स्थानीयवासीका तर्फबाट धुनिवेशी नगरपालिका वडा नं. १ र २ का वडाध्यक्ष तथा ककनी गाउँपालिका वडा नं. १ र २ का वडा अध्यक्षले पनि हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा काठमाडौं महानगरका तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
विचार