Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

रोपाइँका लागि गएकी सरस्वती बोहरा बेपत्ता


बैतडीको सिगास गाउँपालिका–८ की विवाहित युवती बेपत्ता भएकी छन् ।

शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी रमेश बोहराकी श्रीमती बोहरा दिउँसोदेखि बेपत्ता भएको हुन् ।

घरबाट रोपाइँका लागि गएकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले जानकारी दिए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ ।

रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।

विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् ।

‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार