आज देखि सर्वसाधारणले दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले दसैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए। प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिने उनले जानकारी दिए।
राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि कोरोना महामारीका कारण गत वर्ष भने वितरण गरेको थिएन। यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो।
उपत्यकाका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सटही गर्न अनुरोध गरिएको छ ।





