Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

गाउँलेको आग्रहमा ५० वर्षपछि नुहाएको केही महिनामै मृत्यु


संसारकै फोहोरी मान्छेको उपनाम पाएका इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँ गत आइतबार उनको मृत्यु भएको हो।

हाजीले ५० वर्षसम्म पानीले आफ्नो शरीर नुहाएका थिएनन्। केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन प्रोत्साहन गरेका थिए। नुहाएको केही महिनामै उनको मृत्यु भएको इर्ना न्युज एजेन्सीले जनाएको छ।

गाउँलेहरूले युवा हुँदा कुनै घटना भएकाले हाजीले नुहाउन छोडिदिएको हुन सक्ने बताएका छन्। उनलाई नुहाएपछि बिरामी परिन्छ भन्ने डर थियो।

उनका बारेमा सन् २०१३ मा ‘अ स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक डकुमेन्ट्री बनेको थियो। उनी ताजा खानाले पनि आफू बिरामी पर्छु भन्ने ठान्थे तर जनावरको मलमुत्र मिसिएको हुक्का तान्थे।

उनी बाक्लो लुगा लगाउँथे र गाउँलेहरूले बनाइदिएको झुप्रोमा बस्थे। उनी पानी पनि सफा पिउँदैनथे। धुमपानका भने उनी शौखिन थिए।


प्रतिक्रिया दिनुहोस !
विचार