Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

सन्दीपको मुद्धालाई लिएर विश्वप्रकाश शर्माको क्यानलाई प्रश्न


नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा सरकारको मौनताबारे प्रश्न उठाएका छन् ।

उनले यो प्रकरणमा खेलकुदमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताले जिम्मेवारीपूर्ण जवाफ नदिएको बताएका हुन् । महामन्त्री शर्माले क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्छ या पर्दैन भनेर प्रश्न गरेको उल्लेख गरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार