Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

सुनको मूल्यमा २ हजार रुपैयाँले घट्यो


 सुनको मूल्य आइतबार तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।  शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।   आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार