Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

सेयर बजार ७६.६४ अंकले बढ्याे


मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ । मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।  यसैगरी एनआईसी एसियाबैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ ।

त्यस्तै,  कारोबारमा आएका १३ वटा उपसुचकहरुमा उकालो लागेर हरियाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार