Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा


भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।

आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च अदालत पाटन पुगेको हो ।

संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।
उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार