Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

ट्रिटनका विद्यार्थीवीच ओलम्पिक दिवस (फोटो फिचर)


सबै प्रकारका खेलकूदबारे सहभागितात्मक अभ्यास गराउँदै सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले ओलम्पिक दिवस २०२३ मनायो ।

सो स्कुलको खेलकूद तथा अतिरिक्त कृयाकलाप विभागले दुई दिनसम्म अन्तर सदन खेलकूद प्रतियोगिताको आयोजना गरेर सो दिवस मनाएको हो । नर्सरी कक्षादेखि ५ सम्म एकदिन र ६ देखि १० कक्षासम्म अर्काे दिन जडिबुटिस्थित एक फुटसलमा सो दिवस मनाएको हो ।

विद्यालयकी निर्देशक ममता शाहको उपस्थितिमा अतिरिक्त कृयाकलाप संयोजक शिव गैह्रे तथा रेफ्रि विनोद केसी लगायत सबै कक्षाका खेल शिक्षकहरुको सहभागिता थियो भने सबै कक्षाका विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिएका थिए ।

ओलम्पिकमा खेलाइने एथलेटिक्सदेखि फुटबलसम्मका खेलहरु समावेश गरि विद्यार्थीहरुवीच प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियेगिताका विजयी सदन र विद्यार्थीहरुलाई विद्यालयले निकट भविष्यमा एक कार्यक्रमको आयोजना गरि ट्रफि, पदक र प्रमाणपत्र दिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार