Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

बिहान ५ मिनेट यसरी श्वास फेरे फाइदै फाइदा


हामी अनगिन्तीपटक श्वास लिने र छाड्ने काम गरिरहेका हुन्छौं । तर, हामी आफैंले आफ्नो श्वासमा ध्यान दिइरहेका हुँदैनौं । श्वासमै जीवन अडिएको हुन्छ । हामीले श्वास फेर्न छाडेका दिन हाम्रो जीवन पनि सकिन्छ । एकैछिन् विचार गरौं त के हामीले हाम्रो श्वास फेराइमा कहिल्यै ध्यान दिएका छौं ।
बिहान ५ मिनेट मात्रै हामीले लामो श्वास लिने र छाड्ने बानी गरेको खण्डमा त्यसका धेरै फाइदाहरु छन् । त्यसरी श्वास लिँदा र छाड्दको लिष्ट निकै लामो हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त लामो श्वास लिँदा र छाड्दा तपाईँले ठूलो आनन्दको अनुभूती गर्नुहुन्छ । यसका अलवा लामो श्वास लिँदै छाड्दै गर्दाका फाइदा यस्ता छन् ः
१. जम्मा ५ मिनेट मात्रै लामो श्वास लिँदै छाड्दै गर्ने बानी बसाल्न सकियो भने त्यसले तनाव भगाउँछ र मनलाई दिनभर अत्यन्तै शान्त बनाएर राख्छ ।
२. तपाईँमा अत्याधिक रिस उठ्ने बानी छ भने रिस घटाउँनका लागि मद्दत गर्छ । ३. शरीरमा अक्सिजनको मात्रा बढाउँछ
४.लामो श्वास लिँदा र छाड्दा तपाईँको शरीरका मुटु, पेट, लिभर लगायतको एक्सरसाइज भएर ती अंगहरुलाई तन्दुरुस्त राख्न सहयोग गर्छ ।
५.फोक्सोलाई स्वस्थ राख्छ
माथि उल्लेख गरिएका बाहेक अन्य धेरै फाइदाहरु छन् । जम्मा ५ मिनेट मात्रै तपाइँले आफ्नो श्वासमा ध्यान दिन सक्नुभयो भने त्यसबाट तपाईँले नसोचेका लाभ लिन सक्नुहुन्छ । विभिन्न अध्ययन अनुसन्धानले लामो श्वास लिने र फाल्ने क्रम ५ देखि १० मिनेटसम्म मात्रै गर्न सकियो भने त्यसबाट जीवन स्वस्थ रहने निष्कर्ष निकालेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार