Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभांश दिँदै


शिवम् सिमेन्टले आर्थिक २०७७-७८ वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश वितरण गर्न कम्पनीले साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक १६ गते छैटौं वार्षिक साधारण सभा डाकेको हो।

होटल सोल्टीमा बोलाइएको सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तय संस्थाहरुबाट था कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीलाई कम्पनीले भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार