Logo
८ आश्विन २०८३, बिहीबार
|  Fri Sep 25 2026

रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा


 राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरिएको छ।

पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका खड्कालाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडामा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार