Logo
१९ श्रावण २०८३, मंगलवार
|  Wed Aug 5 2026

एकीकृत समाजवादीका सुवास कर्माचार्य पार्टीबाट निष्कासित


नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।

पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार