Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच भेटवार्ता भएको छ । अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो । सभापति लामिछाने अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने कुरा नखुलेको ओलीनिकट एमालेका एक नेताले भने।

रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए। ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको एमालेका एक नेता बताउँछन्।


प्रतिक्रिया दिनुहोस !
विचार