Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

दुई वटा गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते, एक जनाको अवस्था गम्भीर


सुर्खेतको भेरीगंगामा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार दिउँसो सुर्खेतको भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए ।

राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ भने स्कार्पियोका चालक फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार