दुई महिना अगाडी मात्रै बिवाह गरेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
सल्यानको छत्रेस्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाका मोहन पुनलाई आफ्नै श्रीमती सीमा कंवर भनिने पार्वती कंवरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो। सीमालाई मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले घटना शंकास्पद देखेपछि श्रीमान मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घटनापछि मृतकका श्रीमान पुन फरार भएका थिए । ढाकुडाँडाको जंगलमा लुकिछिपी बसेको अवस्थामा पुनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनलाई सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि थप अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।
छरछिमेक तथा आफन्तका अनुसार आइतबार राती श्रीमान श्रीमतीबिच सामान्य झै झगडा भएको र कुटपिट भएको थियो ।





