Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पर्वतमा वृद्ध दम्पतीको हत्या, घटनाबारे अनुसन्धान हुँदै


पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा एक दम्पतीको हत्या भएको छ।

म्याग्दी जिल्लाको गलेश्वर मन्दिरको पूर्वतर्फ मल्लाजको राममन्दिरबाट केही माथि रहेको घरमा बस्दै आएका करिब ६८ वर्षीय प्रकाश जिसी र उनकी श्रीमती करिब ६५ वर्षीया गमला जिसीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार दुईजना छोरा रोजगारीका लागि दक्षिण कोरियामा र एकजना छोरा म्याग्दीको बेनी बजारमा व्यापार गर्दै आएकाले उनीहरू दुईजना मात्रै घरमा बस्दै आएका थिए। छिमेकीहरुले बताए अनुसार उनीहरू राति नौ बजेसम्म आपसमा कुराकानी गर्दै बसेका थिए।

मंगलवार बिहान अबेरसम्म पनि घरमा चहलपहल केही नदेखिएपछि खोजी गर्दा उनीहरू हत्या गरिएको अवस्थामा फेला परेका हुन्। एउटा शव घोप्टो अवस्थामा रहेको र अर्को शव खाटमाथि पल्टिएको अवस्थामा भेटिएको थियो। घटना घटेको थाहा पाउना साथ छिमेकीहरुले प्रहरीमा खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार