Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर


दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किदा २२ जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई वटा बस आपसमा ठोक्किदा २२ जना घाइते भएको र ५ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर घाइतेलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

लमही नगरपालिका–३ वनगाउँमा बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको ल १ ख ७३६३ नम्बरको बस र दाङको तुलसीपुरबाट बुटवल तर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार