Logo
१६ श्रावण २०८३, शनिबार
|  Sun Aug 2 2026

देउवासहितका शिर्ष नेताहरु बालुवाटारमा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन्। कांग्रेसका एक नेताका अनुसार संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका थिए। नेताहरू बालुवाटार पुगेपछि छलफल सुरू भएको छ।

संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार