Logo
११ जेष्ठ २०८३, सोमबार
|  Tue May 26 2026

असार दोस्रो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरु आवश्यक कामलाई तीव्र पारिएको छ ।

५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको छ । गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

गएको चैत १५ गतेदेखि सञ्चालन भएको यसवर्षको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार