Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयोः खेलकुदमन्त्री श्रेष्ठ


युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उनको भनाइ थियो ।

सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए । उनले भने ‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुप¥यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ ।

हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’ सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताएका छन् ।

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा आफूहरुले काम पूरा गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार