Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

वन अतिक्रमण गरी बनाइएको चार कोठे भवनमा चल्यो डोजर


डिभिजन वन कार्यालय लहानले वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन भत्काएको छ। गोलबजार नगरपालिका ९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वन अतिक्रमण गरी बनाएको चार कोठे भवन भत्काएको हो।

निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लाहानले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार वनको जमिनमा घर निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरिइएको थियो । कार्यालयबाट १५ दिने सूचना काटेर मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जनाइएको छ ।

सोही वडाका वडा कार्यालयबाट पनि निर्माणको क्रममा लिखित र मौखिक रुपमा घर नबनाउन भनेपनि सत्यदेवले अटेर गरेर घर बनाएको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार