Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रास्वपा बैठकमा लफडा, मुकुल ढकालले लगाए मुखमा पट्टि


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकीर गरेका छन् ।
उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामेछानेलाई बुझाएका थिए ।

रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार