Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

चोरी मुद्दामा फरार व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलायो


बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ। बिहीबार बिहान साढे ८ बजे डडुवा–६ शिखनपुरूवामा एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सरमान सिंह सरदारलाई डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना फैसला सुनाएको थियो। उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गर्दा एक्कासि स्थानीयवासीले अवरोध पु¥याएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

जबाफी कारबाहीको क्रममा प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। प्रहरीका अनुसार स्थानीयसँग झडप हुँदा प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन्। हतियार खोस्न खोज्दा प्रहरीले गोली चलाएको थियो। ३० वर्षीय नानक सिंह शिखको दायाँ खुट्टामा गोली लागेको बाँके प्रहरीले जनाएको छ ।

फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको थियो।

घाइते तीनै जनाको भेरी अस्‍पताल नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार