Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

एमाले स्थायी कमिटी पुनर्गठन, माधव समुह आउट


post aajakopress post aajakopress

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाटी स्थायी कमिटी पुनर्गठन गर्दै माधवकुमार नेपाल समुहका सबैलाई स्थायी कमिटीबाट हटाइदिएका छन् ।

माधव पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी पुनर्गठन गरे । जसमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्ट सहित साविक एमालेका महासचिव ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार