Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

गोरखामा डेंगुबाट एक महिलाको मृत्य


गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको जनाइएको छ ।

डेंगुका कारण गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ । साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगु रोग सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने गर्दछ ।

बर्सातको समयमा जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार