Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

रुकुम पूर्वको पुथाबाट माओवादीले खोल्यो खाता


स्थानीय तहको उपनिर्वाचनमा माओवादीले उपनिर्वाचनको मिति अवावै रुकुमको पुथाबाट खाता खोलेको छ । रुकुम –पूर्वी भागको पुथा उत्तरगंगा २ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि आइतबार उम्मेदवारी दर्ता गराएका एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएसँगै घर्ती निर्विरोध निर्वाचित भएका हुन् । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार