सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ ।
केन्द्रीय कारागार डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको दाबी गर्दै यसअघि पठाएको पत्र आधिकारिक नभएको भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएको हो । साथै, पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ ।
आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुइँकेलले जनाएका छन् ।
सर्वोच्चले पठाएको पत्रमा भनिएको छ, ’अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’





