पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछिन् । नेकपा एमालेले पार्टी प्रवेशमा रोक लगाएपछि उनले गर्न लागेको पत्रकार सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ ।
केहीदिनअघि एमाले केन्द्रिय कमिटि बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सकृय राजनीतिमा फर्कन नदिने निर्णय गरेको थियो । उक्त निर्णपछि पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषा किरणले समेत सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै असन्तुष्टी जनाएकी थिइन् ।





