रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् । उनले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा चौधरीले यस्तो बताएका हुन् ।





