Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

गृहमन्त्रीजी ! जुका टाँसिए झै पदमा टाँसिएर नबस्नूस् : सुदन गुरुङ


चार दिनभित्र आफ्नो मौनता तोड्ने बताउँदै आएका जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई जुका टाँसिएर बसे झैं पदमा टाँसिएर नबस्न चेतावनी दिएका छन् ।

मन्त्री भएको दुई महिना बितिसक्दा पनि केही गर्न नसकेको भन्दै उनले युवाहरुलाई मुर्ख नठान्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै गुरुङले गृहमन्त्री अर्याललाई अलोकप्रिय गृहमन्त्री भनी सम्बोधन गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् , अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार