Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

मध्यरातमा सुदन गुरुङको चेतावनी, दिए बिहान १० बजेसम्मको अल्टिमेटम


जेनजी अभियन्ता सुदन गुरुङले सिमरा घटनाका सन्दर्भमा दोषीलाई बिहान १० बजेसम्म पक्राउ नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

यसैबीच सिमरामा जेनजी अगुवालाई कुटपिट गरेको आरोपमा एमालेका दुई जना वडा अध्यक्ष पक्राउ परेका छन् । जेनजीहरुले भने अन्यलाई पनि पक्राउ नगरेसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

गत बुधबार एमालेको जागरण सभाका लागि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाँदै गर्दा सिमरामा तनाव उत्पन्न भएको थियो । त्यसयता जारी रहेको तनाव निरन्तर जारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार