Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

एमाले ११ औँ महाधिबेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट गुरुङ भिड्दै


मंसीर २७ गतेबाट सुरु हुने ११ औँ महाधिबेशनका लागि गोरखा- २ बाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यमा भिड्दैछन् । गोरखा, सिरानचोक–७ का प्रेम बहादुर गुरुङ अनुभवी, समर्पित र सिद्धान्तमा अडिग नेताका रुपमा चिनिन्छन् । साधारण गाउँमा जन्मिएका उनले २०४२ सालमै विद्यार्थी राजनीति थालनी गरेका थिए । ठाकुरराम बहुमुखी क्याम्पसमार्फत अखिल विद्यार्थी युनियनमा जोडिएका थिए ।

उनले संगठन विस्तार र बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०४९ सालदेखी उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा पूर्णकालीन कार्यकर्ता बनेका थिए । त्यसपछि गुरुङ निरन्तर गण्डकी अञ्चललाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर संगठन निर्माणमा होमिएका थिए ।
माओवादी द्वन्द्वमा उनलाई राज्य पक्षले पक्राउ परी शारीरिक र मानसिक यातना दिएको थियो । यस्तै माओवादी पक्षबाट पनि मानसिक, तथा शारीरिक दवाब झेलेका थिए । जेल जीवन पनि भोगेका गुरुङले पार्टी संगठन विस्तारमा निरन्तरता दिएका थिए ।
११ औँ महाधिबेशनबाट एमाले केन्द्रीय सदस्यमा जितेमा उनले जिल्लामा पार्टीको विचार निर्माण र संगठन निर्माणमा केन्द्रीत रहने बताएका छन् ।

नेकपा एमालेको ११ औं महाधिबेशनका लागि गोरखाबाट महाधिवेसन प्रतिनिधि नौ जना छनौट भएका छन् । मंसिर २७ देखी काठमाडौंमा सुरु हुने महाधिवेसन २९ गते सम्म चल्नेछ । केन्द्रीय महाधिबेसनका लागि गोरखाबाट नौ जना महाधिवेसन प्रनिनिधि छनौट भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार