Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय


अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन् ।

एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार बर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् । उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको स्पष्ट पारे । आफु नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।

एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, केही सदस्यहरूले उक्त निर्णय विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउदै विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार