Logo
२० आश्विन २०८३, मंगलवार
|  Wed Oct 7 2026

एकैदिन प्रतितोला चार हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार ६ सय रूपैयाँ बढेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार