नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव ८५, र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यस्तै, निर्जीवन बीमा समूह एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेको छ ।सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।




