काठमाडौं महानगरपालिकाको विद्यालय केन्द्रित नियमित एचपिभी खोप अभियान नेरिक एकेडेमीमा सम्पन्न भएको छ ।
बिहिबार नेरिक एकेडेमीका बालिकाहरुलाई खोप लगाइएको हो । पाठेघरको मुखको क्यान्सर गराउँने एचपीभी विरुद्धको खोप अभियानबाट बालिकाहरु लाभान्वित हुने बताइएको छ । साथै बिहिबार नै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेरिक एकेडेमीका विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धि जनचेतनामुलक प्रशिक्षण समेत दिइएको छ ।
साइबर अपराधका विषयमा विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने अभिप्रायले कार्यक्रम गरिएको नेरिक एकेडेमीको भनाई रहेको छ ।











