कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुग्नेबित्तिकै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’
शान्तिपूर्ण प्रदर्शन हुने उनले बताए । सीजेपीले पनि एक्समा पोस्ट गर्दै जन्तर-मन्तरमा प्रदर्शनको अनुमति प्राप्त भएको पुष्टि गरेको छ। पार्टीले आफ्ना समर्थकहरूलाई प्रदर्शनस्थलमा भेला हुन आग्रह गरेको छ ।
सिजेपीले शिक्षामन्त्रीविरुद्ध प्रदर्शन घोषणा गरेको हो । सोही प्रदर्शनका लागि पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट दिल्ली आइपुगेका हुन् । अहिले प्रदर्शनको तयारी थालिएको छ ।





