Logo
४ असार २०८३, बिहीबार
|  Fri Jun 19 2026

विश्वकपमा घानाको रोमान्चक जित,क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी


फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरुआत गरेको छ । समूह ‘एल’ अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।

खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी कायम थियो । तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले निर्णायक गोल गरे । खेलको अन्तिम क्षणमा आएको उक्त गोल नै घानाको जीतका लागि पर्याप्त बन्यो । जीतसँगै घानाले समूह ‘एल’ को अङ्क तालिकामा तीन अङ्क जोडेको छ । पनामा भने पहिलो खेलमै पराजित हुँदै अङ्कविहीन बनेको छ ।

घानाले खेलभर संयमित प्रदर्शन गर्दै पनामाको रक्षापंक्तिलाई दबावमा राखेको थियो । पनामाले पनि केही अवसर बनाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।

यसैगरी,फिफा विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डले विजयी शुरुआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ ।

आज बिहान सम्पन्न समूह ‘एल’ को खेलमा इङ्गल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । इङ्गल्याण्डका कप्तान ह्यारी केनले खेलको १२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार