Logo
८ असार २०८३, सोमबार
|  Tue Jun 23 2026

विश्वकपमा साउदी अरेबियामाथि स्पेनको जित,उरुग्वे र केप भेर्डेको बराबरी


काठमाडौँ।  फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ ।

एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए । खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे ।

त्यसपछि खेलमा  टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।

यसैगरी, फिफा विश्वकपअन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डे र उरुग्वेबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले दुई–दुई गोल गरेका छन् । उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार