Logo
१४ असार २०८३, आईतवार
|  Mon Jun 29 2026

टि २० मा भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप


काठमाडौँ । टि२० क्रिकेटकाे विश्वविजेता भारतविरूद्धकाे सिरिज आयरल्यान्डले क्लीनस्वीप गरेकाे छ । दाेस्राे म्याचमा एक रनकाे राेमाञ्चक जितसँगै आयरल्याण्डले घरेलु मैदानमा आयाेजित श्रृङ्खला २-० ले कब्जा गरेकाे हाे ।

याे हारसँगै भारतले कायम गरेकाे लगातार जितकाे श्रृङ्खलामा ब्रेक लाग्याे । भारतले पछिल्ल १६ टि २० अन्तर्राष्ट्रिय सिरिज लगातार आफ्नाे पाेल्टामा पारेकाे थियाे । तर कमजाेर आँकिएकाे आयरल्याण्डले भारतलाई स्तब्ध पार्‍याे ।

पहिलाे ब्याटिङ गर्दै आयरल्यान्डले १५५ रनकाे सामान्य लक्ष्य दिएकाे थियाे । भारतले ९ विकेट क्षतिमा १५३ रन मात्रै जाेड्न सक्याे । भारतका लागि तिलक बर्माले सर्वाधिक ५५ रन बनाएका थिए ।

भारतलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएकाे थियाे । पहिलाे २ बलमा ९ रन जाेडेर भारतले आशा जगाए पनि त्यसपछि त्यसपछिका तीन बलमा ३ रन मात्र जाेडेर हर्षित रानाकाे विकेट गुमाएपछि भारतकाे आशा समाप्त भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !
विचार